ठाउँ विशेष उत्कृष्ट अवार्ड सुशीलाको “प्यूठान इस्नालाई”- प्राणमञ्च अपडेट

साहित्यकार तथा रचनाकार सुशीला गिरीकाे पछिल्लो गीत “प्यूठान इस्नालाई बाेल”काे गीत सर्वाेत्कृष्ट स्थान विेशेष विधाबाट सम्मानित भएको छ ।

सानै उमेरबाट गीतसंगीत र कला-साहित्यमा रमाउँदै आएकी सुशीलाकाे प्यूठानमै पहिलाे पटक महिलातर्फकाे “ज्वाला” कवितासंग्रह पनि प्रकाशित भएको छ ।

हिमाल पारीकाे जिल्ला मुस्ताङमा निजामतीकाे जागिर गरिरहेकी सुशीला गिरीले पछिल्लो समय धार्मिक तथा प्राकृतिक सम्पदालाई आधार मानेर उनले गीत संगीत रचना गरिरहेकी छन् ।

मंगलबार स्वर्गीय कल्पना गैरे फाउन्डेसनकाे सहयाेगार्थ  काठमाडौंमा चलचित्र विकास बाेर्डद्वारा आयाेजित तेस्राे राष्ट्रिय विशाल लुम्बिनी लाेकदाेहारी अवार्ड २०८० काे कार्यक्रमकाबिच विशाल मुभिजले सर्जक सुशील गिरीलाई सम्मान गरेकाे हाे । यससँगै विभिन्न विधामा राजु परियारसहित अन्य ६५ जनालाई सम्मान गरिएको छ ।

वर्षकाे उत्कृष्ट स्थान विशेष गीत प्यूठान इस्नालाई बाेलकाे गीतमार्फत प्यूठानकी स्रष्टा सुशीला गिरीलाई प्रमाणपत्र र अवार्डसहित सम्मान गरिएको कार्यक्रमका अध्यक्ष हुम गैह्रेले बताए ।

संस्थाले गरेकाे सम्मानले कला-साहित्य र संगीतमा लाग्न थप हाैसला र प्रेरणा मिलेकाे गिरीले बताइन् । उनले निकट भविष्यमै गजलसंग्रह तथा थप गीति एल्बमकाे तयारीमा रहेकाे प्राणमञ्चसँग बताईन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation