सर्वाेदयकाे बाैद्विक प्रतिभा पुरस्कार टिकारामलाई

बाैद्विक प्रतिभा पुरस्कारबाट अग्रज साहित्यकार टिकाराम उदासी (पिएचडी) सम्मानित भएका छन् । बुधबार सर्वाेदय पुस्तकालय तथा वाचनालय घाेराही दाडकाे आयाेजनामा राष्ट्रिय पुस्तक दिवस कार्यक्रमकाे अवसरमा पुस्तकालयमा पुस्तक तथा स्टेसनरी ब्यबसायि समिति दाङले स्थापना गरेकाे “बाैद्धिक प्रतिभा पुरस्कार “२०८० डा. टीकाराम उदासीलाई प्रदान गरिएकाे हाे ।
उदासीलाई लेखन तथा संस्थागत माध्यमबाट पठन संस्कृति विकासमा महत्त्वपूर्ण याेगदान प्रदान गरेकाेमा साे पुरस्कारबाट सम्मानित प्रदान गरिएको हाे ।

पुस्तक दिवशकाे अवसरमा सर्वाेदय पुस्तकालयमा आयाेजित साे पुरस्कार प्रदान तथा सम्मान कार्यक्रमकाे प्रमुख अथिति युगबाेधका संस्थापक नारायण प्रसाद शर्मा थिए भने कार्यक्रमकाे अध्यक्ष सर्वाेदय पुस्तकायका अध्यक्ष सुशील गाैतम रहेका थिए । समाराेहकाे सहजीकरण पुस्तकालयका सचिव सुदिप गाैतमले गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिकाे रुपमा पुस्तक तथा स्टेसनरी व्ययवसायी समितिका अध्यक्ष केशवराज सुवेदी र सर्वाेदय पुस्तकालयका पूर्व अध्यक्ष पुरुषाेत्तम खनाल रहेका थिए ।

कार्यक्रमकाे अन्तयमा मायाकाे चिनाे स्वरुप प्रमुख अतिथि नारायण प्रसाद शर्मा तथा विशिष्ट अतिथिहरु क्रमशः केशवराज सुवेदी र पुरुषाेत्तम खनाललाई प्रदान गरिएको थियाे ।

कार्यक्रममा साहित्यकार, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतकाे राम्रो उपस्थिति रहेकाे थियाे ।
गतवर्ष स्थापना गरिएको उक्त अक्षयकोषबाट पहिलाे पटक उदासीलाई पुरस्कार प्रदान गरिएको र याे अभियान प्रत्यक वर्ष जारी रहने पुस्तकालयका अध्यक्ष सुशील गाैतमले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation