३ फागुन, दाङ
घाेराही उपमहानगरपालिका ३ झिङ्नी शहरी स्वास्थ्य सेवा इकाईमा पाठेघर सम्बन्धि विशेषज्ञद्वारा चेकजाँच गरिएको छ । पाठेघरकाे मुखमा क्यान्सर भए नभएकोबारे थाहा पाउन घाेराही उपमहानगरपालिकाकाे स्वास्थ्य शाखाले साे कार्यक्रम गरेकाे हाे ।
पाठेघरकाे मुखकाे क्यान्सरबाट पछिल्लो समय धेरै महिलाहरु प्रताडित भइरहेकाे र ज्यानसमेत गएकाे स्वास्थ्य सम्बद्ध संघ संस्थाकाे आँकडा छ ।
आफ्नो समस्या खुलेर समयमै नराख्ने र साे सम्बन्धि सचेतनाकाे अभावका कारण पाठेघरमा विभिन्न संक्रमण देखिरहेकाेले याे समस्याको समयमै पहिचान गरी उपचार र निदानमा सहयाेग पुर्याउने उदेश्यले शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्तीले बताए ।
स्वास्थ्य शिविरबाट १ सय ४३ जनाकाे स्वास्थ्य परिक्षण गरिएको शहरी स्वास्थ्य केन्द्र झिङ्नीका प्रमुख गाेपीलाल ओलीले जानकारी दिए ।
– तस्बिरहरू