Pranmancha

Advertisment

SKIP THIS

देउखुरी दुर्घटनाका मृतक परिवारलाई २६ लाख क्षतिपूर्ति

 राप्ती गाउँपालिका- ८ पिपरीमा गत बुधबार दिउँसो भएको सडक दुर्घटनामा परि मृत्यु हुने दुई दिदी बहिनिको परिवारलाई २६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ।

बिहिवार मृतकका आफन्त, गाडी धनि र प्रहरी बिच भएको सहमति अनुसार झिमरुक गाउँपालिका-८, गब्दि बस्ने ३५ बर्षिय राधा बस्नेतकाे परिवारलाई १० लाख रकम र त्यस्तै राप्ती गाउँपालिका सिसनिहा निवासि २० बर्षिय बिपना केसीकाे परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमती भएको वार्तामा संलग्न झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।

उपाध्यक्ष पोख्रेलका अनुसार मृतक राधा बस्नेतको नाबालक दुई छोराछोरी कक्षा दशमा अध्यनरत प्रकृया बस्नेत र कक्षा ५ मा पढने प्रयास बस्नेतलाइ पढाइ खर्चबापत रु ५ लाख र अन्य किरिया खर्च १ लाख गरि जम्मा २६ लाख रुपैया क्षतिपूर्ति पाउने गरि इलाका प्रहरी कार्यालय भालुवाङमा लिखित सहमति भएको बताउनुभयो। दिनभर भएको वार्ताले पीडित पक्षलाई केही भएपनी राहत मिलेको उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

बुधबार बेलुका ४:१५ बजेको समयमा लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-८, पिपरीमा पूर्वबाट पश्चिम तर्फ गईरहेकाे प्र ३-०१०२२ च १३६९ डब्बल क्याप स्कारपियाेले सोही दिशा तर्फ गइरहेको साइकललाई ठक्कर दिएर साइकलमा सवार प्यूठान जिल्ला झिमरूक गाउँपालिका-८, गोब्दि घर भई हाल दाङ जिल्ला राप्ती गाउँपालिका-८ पिपरी बस्ने सुनाखरी बचत तथा ऋण सहकारी संस्था लमहीमा बजार प्रतिनिधिको रूपमा कार्यरत ३५ वर्षिय राधा बस्नेत र उहाँकाे बहिनी २० वर्षिय बिपना केसीकाे मृत्युु भएकाे थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation