Pranmancha

Advertisment

SKIP THIS

डिडिसीका महाप्रबन्धकलाई दलियाे कालाेमाेसाे

४ फागुन, काठमाडौं

दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव
झालाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिटक      क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले विभिन्न आरोप लगाउँदै महाप्रबन्धक झामाथी कालोमोसो दलेको हो ।

क्रान्तिकारी युवा संगठन नेपालका अनुसार दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएको, कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको, किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेकोले कालोमोसो दलेको जनाएको छ ।

त्यस्तै महाप्रबन्धकको नियुक्ति लिए यता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड गरि ९७ करोड संस्थान घाटामा लगेकोले कालोमोसो दलि जनकारबाही गरेको क्रान्तिकारी युवा संगठन नेपालले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation