अखिल(क्रान्तिकारी)दाङको अध्यक्षमा नरेन्द्र बि.क.

२७ मंसिर, घोराही

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी दाङको २६ औँ जिल्ला सम्मेलन घोराहीमा सम्पन्न भएको छ । “शैक्षिक संघर्ष र संगठनलाई नयाँ उचाईमा उठाऔँ, बैज्ञानिक समाजबादी शिक्षा प्राप्तिका लागि २६ औँ जिल्ला सम्मेलन सफल पारौँ” भन्ने मुल नारासहित बुधवार अखिल (क्रान्तिकारी) दाङको २६ औँ जिल्ला सम्मेलन घोराहीमा सम्पन्न भएको हो ।

सम्मेलनलाई सम्वोधन गर्दै प्रमुख अतिथी तथा अखिल (क्रान्तिकारी)का लुम्विनी प्रदेश इन्चार्ज हरि बिष्टले नेपालको शिक्षा प्रणाली बेरोजगारी उत्पादन गर्ने थलो भएको भन्दै अवको शिक्षा प्रणाली बैज्ञानिक समाजबादी शिक्षा प्रणालीमा रुपान्तरित गर्नु पर्ने बताए । राज्यले नै शिक्षा क्षेत्रमा दलालीकरण र व्यापारीकरण गरी रहेको हुँदा शिक्षा भित्रका माफियालाई बिद्यार्थी आन्दोलनले कारबाही गर्ने उनको भनाई थियो । एउटा देशमा दुई थरी शिक्षा पढाई हुन्छ , धनीले बढ्ने र गरीवले पढ्ने बिद्यालय फरक फरक हुन्छन् सामुदायीक बिद्यालयहरुले बिभिन्न बाहनामा शुल्क असुलि गर्छन नियमनकारी निकाय नदेखेझै गर्छ । तिनै शिक्षैक माफियाका बिरुद्धमा बिद्यार्थी आन्दोलन भईरहेको छ , बैज्ञानिक समाजबादी शिक्षा प्रणाली लागु नहुदासम्म बिद्यार्थी आन्दोलन भईरहने छ,- प्रमुख अतिथी बिष्टले भने । आन्दोलनले आवश्यकता ठान्दैगए कलम बोक्ने हातले हतियार बोक्ने बिष्टको भनाई थियो ।
घोराहीको बिपी चोक देखि सुरु भएको बिद्यार्थीहरुको र्याली नेत्र चोक , भानु चोक , दामोदर चोक , त्रिभुवन पार्क हुदै उद्योग बाणिज्य संघको सभा हलमा पुगेर सम्मेलन गरिएको थियो । सम्मेलनले नरेन्द्र बिकको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी निर्बाचित गरेको छ, भने उपाध्यक्षमा कमल पुन , सचिवमा नवराज गिरी , सह सचिवमा बिपना खत्री , कोषाध्यक्षमा चन्द्र परियार लाई निर्वाचित गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी अखिल (क्रान्तिकारी) का लुम्विनी प्रदेश इन्चार्ज हरि बिष्टको रहेको थियो, भने बिशिस्ट अतिथी नेकपा (बहुमत)का रुपन्देही जिल्ला सेक्रेटरी बिरु चौधरीको रहेको थियो। त्यस्तै कार्यक्रममा प्रदेश संयोजक सन्देश सापकोटा ,कार्यालय सदस्य सोमपाल कामी लगाएतको अतिथ्यता रहेको थियो । सभाको अध्यक्षता नरेन्द्र बि.कले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation