एमालेको सचिवालय बैठक आज बस्दै!

नेकपा एमाले को सचिवालय बैठक बस्दैछ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए।

उनकाअनुसार आज बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने छ। एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ।

अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ। त्यस्तै, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने प्रचार विभाग प्रमुख गौतमले बताए।

त्यस्तै एमालेले वार्षिक कार्ययोजनाअनुसार काम भए, नभएकोबारे समीक्षा गर्नेछ। यसका अतिरिक्त सरकारको कामको पनि मूल्यांकन हुने एमालेले बताएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation