दम्पतीको नाक काट्ने नेकपा बहुमतका जिल्ला सेक्रेटरी पक्राउ

दाङको घोराहीको एक दम्पतीको नाक काटिदिएको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन्।

घोराही उमहानगरपालिका–१५, बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत मंसिर ६ गते घोराही–१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो।

उक्त घटनापछि फरार रहेका खड्काविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिई खोजी गरिरहेकोमा उनलाई घोराही–१९ मा फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए।

उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको थापाले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation