मानव कंकालसहित एकजना पक्राउ

२० माघ, विराटनगर 

मानव कंकालसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले विराटनगर-१७ का विनोद रायलाई मानव कंकालसहित आज (आइतबार) पक्राउ गरेको हो।

बिहान भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गर्दा डिउटीमा खटिएको टोलीले पक्राउ गरेको सीमामा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दाहालले जानकारी दिए।

उनका अनुसार ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टाको हड्डी बरामद गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation