कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन ओलीलाई भण्डारीको सुझाव

१९ फागुन, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओली कुशल रणनीतिकार रहेको टिप्पणी गरेकी छन् ।

सोमबार ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली अडान र निष्ठाको प्रतिमूर्ति, आवश्यकता अनुसार व्यवहारमा अधिकतम लचकता अपनाउन सक्ने खुबी भएको तथा एउटा कुशल रणनीतिकार समेत रहेको बताएकी हुन् ।

‘नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन, तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन उहाँले निर्वाह गरेको भूमिकाको सराहना गर्दछु’, भण्डारीले भनिन्, ‘साथै भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठुलो योगदान पुग्ने नै छ ।’

पार्टीका सबै नेता कार्यकर्ताको अपेक्षा पनि सोही रहेको हुनुपर्ने भन्दै भण्डारीले जवजको मार्गदर्शनमा एमालेले आफूलाई निर्णायक शक्तिका रूपमा विकास गरी सामाजिक न्यायको पक्षमा उभिएको आफूले पाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation