भोजपुरमा एक व्यक्तिले गरे श्रीमतीसहित ४ जनाको हत्या

२२ असार, काठमाडौं

रामप्रसादराई गाँउपालिका-२ को धोर्लेखानीमा एकजनाले श्रीमतीसहित चारजनाको हत्या गरेका छन्।

भोजपुर नगरपालिका- २ घर भएका राजेन्द्र राईले श्रीमती, सासूससुरा र सालोको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार राईले ससुरा वेलबहादुर गिरी, सासू मञ्जु, श्रीमती मनिषा  र सालो सपन गिरीको हत्या गरेका हुन्।

राईले घरायसी झगडाका क्रममा राति १२:३० तिर ससुरालीका सदस्यहरूले प्रहार गरेपछि आफूले प्रतिकार गर्दा घटना भएको  प्रारम्भिक बयान दिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। राईको पेटलगायत भागमा धारिलो हतियारको चोट लागको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल भोजपुरमा उनको उपचार भइरहेको जनाइएको छ।

प्रहरीको टोलीले घटनाको थप अनुसरन्धान गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation