“बिन्ती रोकिईदेउन ए झरी “

“बिन्ती रोकिईदेउन ए झरी ”

ए झरी नगरिदेउन यसरि मन परि
कठै भएछु म त कतै पिंजडाको चरी
भुर्र उड्न मन छ मेरो गुडमा पुग्ने गरि
बिन्ति अबत भो रोकिइदेउन ए झरी
आज भए म त कठै त्यो पिंजडाकै चरी

जसतो रुझे कै भए नि भिजेकै भए नी
न्यानो प्यारो लाग्ने गुँड मेरो थोत्रै भए नि
पकेसा घर त्यो मझेरी त्यो जोडी बिजोडा
देखिएहोला थोत्रो बरा कुटि मेरो उजाड
तिम्रै कारण थुनिए म पिंजडामा सरि
अब अति नै भो रोकिइदेउन ए झरी

छन घरमा थोत्त्रा ति मैला चिथ्रा चपेरा
विकल परे कठै आज सबका बचेरा
हेर्दै छन बाटो तिम्रो छमर्को अनि दाउ
कस्तो सुनसान होला नि गुँड बिना माउ
प्राणी जगतको दयनीय अवस्था हेरि
मान्छु म अकेला रोकिई देउन एझरी
यहाँ भन्दा नगरिदेउन हो मन परि

थियो जिर्णकन्थाउज्यालो प्यारै थियो कुटी
वर्षा छोडिदेउ बाटो मलाई एक चोटि
छन त छु आज म बस्याकी यै राजधानी
निरासै होलान् बरा मेरा घर मुलधनी मान्दैछु आफैलाइ किन पिंजडा औ चरी
सारै भो अब रोकिदेउ तिम्रो मन परि

सानु गुल्मेली
२०८१/३/२३/
लुम्बिनी प्रदेश राजधानी भालुबाङ्गबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation