इजरायल र लेबनानबीच युद्धविराम!

इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ। मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्ताव स्वीकार गरेको हो।

सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ। यसैगरी हिजबुल्लाहले पनि लितानी नदीको दक्षिणी सीमाबाट सशस्त्र समूह फिर्ता गर्नेछ ।

इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ। महासचिव एन्टोनियो गुटेरेसले युद्धविरामको सहमति कडाइका साथ पालना गर्न दुवै पक्षलाई आग्रह गरेका छन्।

इजरायलले हिजबुल्लाहलाई लक्ष्य गरी लेबनानमा आक्रमण शुरु गरेपछि दुई देशबीच युद्ध चर्किएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation