आत्मघाती विस्फोटमा अफगान शरणार्थी मन्त्री हक्कानीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा  शरणार्थी मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मन्त्रीको मृत्यु भएको छ।

शरणार्थी मन्त्रालयमा विस्फोट हुँदा मन्त्री खलील उर–रहमान हक्कानी केही सहकर्मी मारिएको अधिकारहिरूले जनाएका छन्।

तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार हक्कानी नेटवर्कको स्थापना गर्ने जलालुद्दीन हक्कानीका भाइ थिए । उनी वर्तमान आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका पनि थिए ।

प्रान्तीय गभर्नर, कमाण्डर र धार्मिक धर्मगुरुहरू सत्तामा फर्किएपछि धेरै वरिष्ठ तालिबान नेताहरू मारिएका छन्, जसमा अधिकांश आक्रमणहरू इस्लामिक स्टेट समूहले दाबी गरेको छ ।

तालिबानले सन् २०२१ मा देशमा कब्जा गरेपछि संयुक्त राज्य अमेरिका र नाटोको नेतृत्वमा विदेशी सेनाहरू विरुद्धको युद्ध समाप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation