रवि लामिछानेको बयान आज पनि जारी

सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामीछानेको बयान आज पनि जारी रहने भएको छ।

कास्की जिल्ला अदालतमा हिजोदेखि बयान लिन सुरु गरिएका लामिछानेको हिजो आधा मात्रै सकिएकाले आज पनि जारी रहने अदालतका सुचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बयानमा हिजो लामिछानेले सोधिएका सबै प्रश्नमा इन्कारी बयान दिएका थिए। आज रविको मात्रै बयान हुने र बाँकीको बयान आइतबारबाट मात्र सुरु हुने देखिएको छ।

पहिले १९ जना र अहिले ४४ गरी जम्मा ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको छ । सोमबारदेखि बयान लिने क्रम सुरु भएकोमा अहिलेसम्म गोर्खा मिडिया नेटवर्कका पूर्वउपाध्यक्ष छविलाल जोशी र लिला पछाईंको मात्र बयान सकिएको छ।

अब नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङको बयान क्रमशः हुनेछ। प्रतिवादीहरुको बयान सकिए पछि मात्र थुनछेक बहस सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation