समाजवादी मोर्चाको बैठक सुरु!

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका साना बाम दलहरुले बनाएको समाजवादी मोर्चाको बैठक सुरु भएको छ। आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।

बैठकमा मोर्चामा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यावद नेतृत्वको नेपाल समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरु उपस्थित भएका छन्।

चक्रिय प्रणालीमा मोर्चाको नेतृत्व परिवर्तन हुन्छ। हाल एकीकृत समाजवादीका अध्यक्ष नेपाल मोर्चाको संयोजक छन्।

पछिल्लो समय केही निस्क्रिय रहेको मोर्चालाई सक्रिय बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच २ पटक छलफल भएको थियो।

उनीहरुबीचको छलफलपछि मोर्चाको बैठक राखिएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation