‘प्रकृति र स्वास्थ्य’

हरेक साससँग प्रकृतिको नाता,
हरेक पाइला संगै धर्तीको बाता।
पानी, हावा, माटोको जतन,
जीवन र स्वास्थ्यको यो हो दर्पण।

हरेक रूख हो, एउटा औषधालय,
हरेक फूल हो, हाम्रो सुखालय।
तर, हाम्रो लोभ र अविवेकका कारण,
स्वच्छ पर्यावरण भयो धुमिल सपनाको न्यारन।

आकाशमा कालो धुवाँ उडिरहेछ,
नदीहरू विषको गङ्गा बन्दैछ।
हरियो धरती बाझो बन्दैछ,
मानव स्वास्थ्य पनि धमिलिंदैछ।

प्लास्टिकले भूमि आवरित छ,
रसायनले जल ओतप्रोत छ।
हामी आफैंले विष दिन्छौं,
र आफ्नो स्वास्थ्य मेट्छौं।

तर, अझै समय छ परिवर्तन गर्न,
धरतीलाई साँचो माया गर्न।
रूख रोपौं, हावा स्वच्छ बनाऔं,
प्रकृतिलाई सम्मानित बनाऔं।

हाम्रो स्वास्थ्य र पर्यावरण एक हो,
जतन गरौं, यो हाम्रो प्राण हो।
सन्तुलन राखी बाँच्न सिकौं,
पर्यावरण बचाउन हात मिलाऔं ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation