मधेसमा अवैध अस्पतालको बिगबिगी

मधेश प्रदेशमा अवैध रूपमा अस्पतालहरु खुल्ने विगविगी रहेको पाइएको छ। विशेषगरी दर्ता नगरी आफूखुसी निजी क्षेत्रबाट अस्पतालहरु खुल्दा त्यहाँको स्वास्थ्य सेवा नै गुणस्तरहीन हुने गरेको देखिएको छ।

अनुमति नलिई खुलेका अस्पतालले चर्को शुल्क लिने गरेको गुनासो आएपछि रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित  दशवटा निजी अस्पताल बन्द भएका छन्।

अनुमति नलिई खुलेका अस्पतालले चर्को शुल्क लिने गरेको गुनासो आएपछि शनिबार मधेश प्रदेशका मुख्यमन्त्रीले अनुगमन तथा निरीक्षण गरेपछि ती अस्पताल बन्द गर्नुपर्ने अवस्था आएको मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहका स्वकीय सचिव रविन सिंहको भनाइ छ।

‘दर्ता नभएका र नियमविपरीत चलाएको गुनासो आएपछि मुख्यमन्त्रीको अगुवाइमा अनुगमनमा गएका थियौँ जसमा १० वटा निजी अस्पताल दर्ता नभएका तथा मापदण्ड नपुगी संचालन गरिएको पाइएपछि बन्द गरिएको छ’ मुख्यमन्त्रीका स्वकीय सिंहले भने।

खासगरी पोलिक्लिनिक तथा डेन्टलहरु दर्ता नगरी संचालन गर्ने गरेको अनुगमनको क्रममा पाइएको मधेश प्रदेश मुख्यमन्त्री कार्यलयले जनाएको छ। जसमा हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि, सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, एपोलो सिटी अस्पताल, चपुरसिटी अस्पताल, हिमालय पोलीक्लिनिक, चन्द्रपुर, सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दाँत उपचार केन्द्र मापदण्ड पुरा नगरी अवैद रुपमा सन्चालनमा रहेको पाइएको हो।

मुख्यमन्त्री सिंहको टोलीको अनुगमनमा चन्द्रनिगाहपुरमा अधिकांश अस्पताल दर्ता नगरी सञ्चालन गरेको र आईसीयू, आकस्मिक कक्ष मापदण्डविपरीत भएको पाइएको छ।

निजी क्षेत्रबाट अस्पताल खोल्न कस्तो मापदण्ड  चाहिन्छ?

१५ शय्याको अस्पताल सञ्चालनका लागि स्थानीय तहसित अनुमति लिएको हुनुपर्छ। तर १५ शैय्याभन्दा माथिका अस्पताल खोल्न भने स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिनुपर्ने प्रावधान छ। तर त्यसमा पर्याप्त मात्रामा एम्बुलेन्स रोक्ने तथा अन्य सवारीसाधन पार्किङ स्थलसमेत हुनुपर्ने मापदण्डमा उल्लेख छ।

तर मधेश प्रदेशमा अहिले मापदण्ड पूरा नगरी दर्ता नगरी संचालन भएका प्राय अस्पतालहरू १५ शैय्यामुनिका रहेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation