
२२ चैत, दाङ
सर्वोदय पुस्तकालय तथा सर्वोदय बाल क्लबको आयोजनामा चित्रकला, कविता तथा कथालेखन सम्बन्धि कार्यशाला घोराहीमा सम्पन्न भएको छ ।
बालबालिकाहरुको रचनात्मक मानसिक विकासका लागि गरिएको कार्यक्रममा कवितालेखन सम्बन्धि कवि यम रेग्मी, चित्रकलामा केशव नेपाली र कथालेखन सम्बन्धि लेखक सूर्य वि.सी.ले प्रशिक्षण दिएका थिए ।
प्रमुख अतिथिको रुपमा समापन कार्यक्रममा बोल्दै सर्वोदय पुस्तकालयका कार्यबाहक अध्यक्ष चन्द्रराज पन्तले बालबालिकाहरुको क्षमता-प्रतिभाको विकासका लागि बाल क्लबले कार्यशालाको आयोजना गरेर सर्हाहनीय काम गरेको बताए । उनले अगाडि थपे-“यस्ता कार्यक्रमहरुले बालबालिकाहरुमा म पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास बढाउनका लागि महत्त्वपूर्ण भूमीका खेल्ने गर्छन्, यिनलाई निरन्तरता दिदै जानुपर्छ ।”
घोराही क्षेत्र र तुलसीपुरबाट विभिन्न विद्यालयबाट विद्यार्थीहरु र अभिभावक सहित ९०जनाको सहभागिता रहेको थियो । सहभागीहरुकाई स्वागत सहित सर्वोदय बाल क्लबको स्थापनाको उदेश्य र यसले गर्दै आएका गतिविधिहरुको बारेमा नवीन श्रेष्ठले जानकारी दिएका थिए । क्लबकी अध्यक्ष एन्जिला भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नुजल आचार्यले गरेका थिए ।
















