रविलाई थुनामा पठाउने अदालतको आदेश!

 

२२ चैत, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार थुनामा पठाउने आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले थुनामा पठाउने आदेश भएको छ।

यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई रू १ करोड धरौटीमा रिहा गर्न गरेको आदेशबिरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त पुनरावेदनमा सुनुवाई गर्दै जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation