जाजरकोटमा लगातार दुई भूकम्प !

२२ चैत, काठमाडौँ

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो ।

पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो ।

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation