
९ वैशाख, प्युठान
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार सामुदायिक वनमा आगजनी गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ।
मिति २०८३/०१/०६ गते साँझ करिब ९:०० बजे ऐरावती गाउँपालिका–५, प्युठान स्थित बगर खोला सामुदायिक वनमा आगजनी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा ऐरावती गाउँपालिका–५ सादनचौर बस्ने वर्ष २३ का विनोद के.सी. र वर्ष २२ का रमेश के.एम. रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको विशेष टोलीले मिति २०८३/०१/०८ गते पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, प्युठान पठाएको जनाएको छ।
















