दाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु

दाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको हो।

प्रतिष्ठानकी निर्देशक डा.प्रज्ञा बस्नेतका अनुसार सोमबार विहान नै ती महिला डेंगु संक्रमित भएर प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन्। सोमबारसम्म जिल्लामा ४०० भन्दा बढी संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation