पाँच ग्राम ब्राउनसुुगरसहित एक जना पक्राउ

लागुु औषध कारोबारमा संंगलग्न एक युुवालाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ । लागु औषध रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङ मातहतको टिमलाई पश्‍चिम दाङको विभिन्न स्थानहरूमा लागु औषध उत्पादन, सञ्चय, भण्डारण एवं बिक्री वितरण लगायतका क्रियाकलापमा संगलग्नता भएको सुुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

गएराति एघार बजे जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँँउ स्थित तुलसीपुर अमिलिया सडक खण्ड अन्तरगत अस्थाई प्रहरी पोष्‍ट दमारगाँउ दाङको चेक पोष्टमा ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङ र ट्राफिक बाट खटिएको प्रहरी अधिकृत सहितको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा अमिलियाबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख २८७२ नं। को हाईसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बेलुवा बस्ने बर्ष २३ को रुपक सिंह सुनारको साथबाट ६ पुरिया प्लाष्टिक सहित तत्काल तौल गर्दा ५ ग्राम० ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation