
प्यूठान,प्यूठानको गौमुखी गाउपालिकाले बुक्तिचौरमा बुधवार आलुको बिउ वितरण गरेको छ । गौमुखी गाउपालिका प्यूठानले वडा न ६ बुक्तिचौरलाई आलु बीउ पकेट क्षेत्र बनाउने क्रममा आलुको बिउ वितरण गरेको हो । पालिकाले आगामी वर्षमा कम्तिमा १०० टन आलु उत्पादन गर्ने लक्ष्य सहित बुक्तिचौरका कृषकलाई ८ टन १ क्विन्टल मुल बीउ आलु वितरण गरेको छ । उक्त आलु बैशाखमा लगाएमा भदौको अन्तिम हप्तातिर उत्पादित हुनेछ । भूगोलको बनावट र माटोको अवस्था हेरी आलु बीउ वितरण गरिएको गौमुखि गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राबिधिक भिमलाल शर्माले बताउनुभयो । साथमा ४ हजार दाना पि बि एस आलुका बिउ समेत वितरण गरिएको छ । आफ्नै गाउमा बीउ पाउँदा स्थानियहरु हर्षित भएका छन ।
साथै गौमुखी गाउपालिकाका सातै वटा वडालाई कृषि पकेट क्षेत्रको रुपमा घोषित गरिसकेको र बुक्तिचौरलाई ५ वर्ष भित्रमा लुम्बिनी प्रदेशकै पर्याप्त आलु पाईने क्षेत्रको रुपमा आलु बीउ पकेट क्षेत्र बनाउने घोषणा गरिसकेको पालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो ।