अमेरिकी नागरिकता त्यागेकाे प्रमाण पेश गर्न रविलाई सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिकी राहदानी त्यागेको प्रमाणित निस्सा मागेको छ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जिल्ला प्रशासन कार्यालय, बबरमहल काठमाडौं र अध्यागमन विभाग, कालिकास्थान काठमाडौंलाई पत्र लेख्दै लामिछानेले अमेरिकी राहदानी त्याग गरेको प्रमाणित निस्सा मागेको हो। महाशाखाले वैशाख २७ गते दुवै कार्यालयलाई पत्र लेखेको छ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिकी राहदानी त्यागेको प्रमाणित निस्सा मागेको छ।

लामिछाने अमेरिकी राहदानी हुँदाहुँदै नेपाली राहदानी लिएको र उक्त राहदानीका विषयमा मुद्दा नचलाएको भन्दै सिन्धुलीका युवराज पौडेल ‘सफल’ले महान्यायाधिवक्ता कार्यालय र लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए। सोही रिटमा गत चैत २२ गते सर्वोच्चको इजलाशले लामिछानेले त्यागेको भनिएको अमेरिकी नागरिकता प्रमाणित हुने निस्सा जहाँ भएपनि झिकाएर पेस गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation