बाँदर धपाउने क्रममा बन्दुक पड्किदा एकको मृत्यु

अर्घाखाँची । बाँदर धापाउने क्रममा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ।

भुमिकास्थान नगरपालिका वाडा नं. ७ मा आफैले बोकेको बन्दुक पड्किएर एकजनाको मृत्यु भएको हो। नुवाकोट पानडाँडाका ४५ बर्षीय पदम केसीको आफ्नै बारिमा बाँदर धपाउन जाने क्रममा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिएका छन ।

शुक्रबार बिहान करिब ११ बजेको समयमा पदम घरमा राखेको अबैध बन्दुक बोकेर बाँदर धापाउन हिडेका थिए । केसी बारिमा चिप्लिएर लड्दा बन्दुक आफै पड्किएको थियो । केसीको कोखामा गोलि लागेर छातिबाट बाहिर निस्किएको प्रहरिले जनाएको छ।

गोलि लागेर घाइते भएका केसीको जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । अस्पताल ल्याउनासाथ उनलाइ चिकित्सक ले मृत घोंषणा गरेको थिए।

उक्त बन्दुक प्रहरिले नयन्त्रणमा लिएको र घटना बारे थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation