ललिता निवास प्रकरणमा तीन आरोपितसँग मात्रै साढे १८ अर्ब बिगो माग दाबी

ब्युरोले गत मंगलबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ तथा बिचौलियाको भूमिका खेलेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग १८ अर्ब ५९ करोड रुपैयाँ बिगो माग्नुपर्ने राय सहितको प्रतिवेदन पेश गरेको हो । जसमध्ये ढकाल र सुवेदीसँग समान ६ अर्ब ८४ करोड २६ लाख र गुरुङसँग ४ अर्ब ९१ करोड रुपैयाँ माग दाबी हुने छ ।

ढकाल र सुवेदीलाई २०४९ सालमा सरकारी जग्गा राणा परिवारको नाममा हस्तान्तरण गर्न बिचौलियाको भूमिका खेलेको आरोप छ ।

२०६२ सालमा सुनिती राणाको नाममा १२ आना जग्गा छुटदर्ताको निर्णयमा भूमिका खेलेको आरोपमा ५ करोड रुपैयाँ बिगो माग दाबी छ । २०६७ सालमा प्रधानमन्त्री निवास विस्तार तथा जग्गा सट्टाभर्नाको निर्णयबाट जग्गा लिएको आरोपमा १ अर्ब ६२ करोड ९० लाख रुपैयाँ माग दाबी लिएको छ । पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गरेकोमा ३७ करोड ३६ लाख बिगोको प्रस्ताव छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङमाथि २०४९ र २०६७ सालमा जग्गा निजीकरण गरी आफ्नो नाममा बनाएको अभियोग छ । सीआईबीले गुरुङमाथि २०४९ सालको निर्णयबाट ४ अर्ब ७९ करोड रुपैयाँको जग्गा लिएको र २०६७ सालको निर्णयबाट १२ अर्ब ८१ करोड रुपैयाँ बराबरको जग्गा हत्याएको आरोप छ ।

ललितानिवासको जग्गा चार पटक गरी व्यक्तिका नाममा दर्ता भएको थियो । २०४९ सालमा राणा परिवारले जग्गा फिर्ता पाए, २०६२ सालमा छुट दर्ताका नाममा फेरि व्यक्तिको नाममा दर्ता गरिएको थियो । प्रधानमन्त्री निवास विस्तार भन्दै २०६७ सालमा २५ रोपनी सरकारी जग्गा व्यक्ति र प्लटिङको बाटोमा गएको थियो । पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गर्ने भनी २०६९ सालमा अर्को विवादास्पद निर्णय भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation