अस्पताल र स्वास्थ्यकर्मीमाथि जाइनलाग्न मेडिकल काउन्सीलको अपिल

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूमाथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले स्वास्थ्य उपचारका क्रममा चिकित्सकले लापर्बाही गरी कुनै घटना भए उजुरी दिन आग्रह गरेको छ।

 

‘नेपाल मेडिकल काउन्सिलमा उजुरी नगरी चिकित्सकउपर भौतिक आक्रमण गर्ने कार्यले कसैलाई पनि हित नगर्ने हुँदा पीडित पक्षले यस काउन्सिलमा उपस्थित भई वा अन्य माध्यमबाट आफूलाई परेको असरबारे जानकारी गराउन काउन्सिल अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

त्यस्ता घटनाहरूको छानबिन भइरहेको उल्लेख गर्दै काउन्सिलले चिकित्सकमाथि कुनै प्रकारको आक्रमण नगर्न तथा स्वास्थ्य उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउन अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation