एकीकृत समाजवादीको बैठक आज बस्दै

१८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। 

बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गर्ने उनले जानकारी दिए। यसअघि माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने भनिएको महाधिवेशन पछि सार्न लागिएको हो । माघ ११ गते राष्ट्रियसभा निर्वाचन परेको र त्यसको तयारीमा लाग्नुपर्ने भन्दै महाधिवेशन सार्न लागिएको हो ।

‘बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजनबारे छलफल हुनेछ’, खतिवडाले भने, ‘विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्ने विषयमा छलफल गरिनेछ। बैठकमा

बैठकमा अन्तरराष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation