धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेका ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी शीतली सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।​

बुधवार बिहान डम्मरले बन्चरोले हानी हत्या गरेको जिल्ला प्रहरी  कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। उनलाई ढोरचौर बजार नजिकैबाट पक्राउ गरिएको उनको भनाइ छ। हत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले  जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation