इजरायली सेनाद्वारा १० आतंककारी मारिए

इजरायली सेनाले कारबाहीका क्रममा सेनाले सयौँ भवनमा खोजी गरेको र ६० जनालाई गिरफ्तार गरेको जनाएको छ ।

साथै ती आतंककारीबाट सेनाले  विभिन्न प्रकारका ५० भन्दा बढी हतियार, सयौँ विस्फोटक पदार्थ र अमेरिकी डलर समेत बरामद गरेको छ।  कारबाहीका क्रममा सेनाले जुडिया र सामरियाबाट १४ जना वान्टेड आतंकवादीलाई पक्राउ गरेको छ।  पक्राउ परेकामध्ये तीनजना हमाससँग सम्बन्धित रहेको बताइएको छ।

आक्रमणमा उनीहरूले प्रयोग गरेका  केही पूर्वाधारहरू समेत ध्वस्त पारेको इजरायली सेनाले जनाएको छ। यस क्रममा इजरायली वायुसेनाको विमानले आतंककारीको दुई वटा टोलीमाथि आक्रमण गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation