प्युठानमा जिप दुर्घटना, एकको मृत्यु ५ घाइते

५ पुस, प्युठान । प्युठानमा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

बिहिबार स्वोर्गद्वारी नगरपालिकाको सारी देखि डाँडागाउ जाने क्रममा स्वोर्गद्वारी नगरपालिका ५ आमडाँडामा डबल क्याप जिप अनियन्त्रित भइ सडक बाट करिब २० मिटर तल खोल्सामा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खानालने जानकारी दिएका छन।

 

मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका ५ डाँडागाउका ६८ बर्षीय झमी घर्ति मगर रहेको प्रहरी निरीक्षक खनालले जानकारी दिए । घाइते ५ जनाको भिंग्री स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते मध्ये रोल्पा शुनिलस्मृती गाउपलिकाका २४ बर्षीय टोपबहादुर रोका मगर गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation