प्युठानमा यातायात कार्यालय स्थापना गर्ने मन्त्री थापाको प्रतिबद्धता

२३ पुस,प्यूठान: लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठान जिल्लामा यातायात सेवा कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्युठानबाट भारतको दिल्लीका लागि बस सेवा उद्घाटन गदैै मन्त्री थापाले उक्त कुरा बताएका हुन्। “मैले फाइल अगाडी बढाएको छु,” उनले भने, “मेरो कार्यकालमा यातायात कार्यालय स्थापना हुन्छ ।”

आफ्नो मन्त्रालय विकाससँग प्रत्यक्ष जोडिएको नभएपनि आफूले जिल्लाको विकासका लागि पहल गर्ने उनले बताए । “मैले सक्ने काम, कानुनले मिल्ने काम गर्न म सधैभरि प्रतिवद्ध छु,”, मन्त्री थापाले भने,“प्यूठानको विकासका लागि म सधैभरी तयार छु, ।”

कार्यक्रममा स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिका अध्यक्ष सुनिल बस्नेतले यसअघि हप्तामा दुई दिन दिल्लीका लागि बस सञ्चालन गरिएकोमा अहिले दैनिक रुपमा नेपाल भारमैत्री बस सेवा शुरु गरिएको बताए । उनले प्युठानका यात्रुलाई सहज र सरल रुपमा सेवा दिन प्रा.लि.ले थप सेवा समेत उपलब्ध गराउने बताए।

अहिले प्यूठानदेखी दिल्ली चल्ने छ वटा बस सञ्चालनमा रहेका छन् । प्युठान, रोल्पा, दाङ, अर्घाखाँची र गुल्मीका यात्रुलाई यस रुटबाट सहज सेवा उपलब्ध हुने यातायात व्यवसायी धिरज पण्डितले बताए । जिल्लाबाट सिधा दिल्लीको लागि बस चल्न थालेपछि स्थानीय समेत खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation