चीन र थाइल्याण्डका नागरिकहरु एकअर्को देशमा जाँदा भिसा नचाहिने

चीनका विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डमा आधिकारिक रूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन्। दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

थाइल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धानुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यसबारे जानकारी दिएका हुन्।

यसले पक्कै पनि द्विपक्षीय नागरिकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने मन्त्री वाङको विश्वास छ। चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले छिमेकी देशहरूसँगको कूटनीतिमा थाइल्याण्डलाई चीनले सधैँ प्राथमिकताका रूपमा हेरेको बताए।

उनले एक चीन सिद्धान्तप्रति थाइल्याण्डको दृढ प्रतिबद्धता र विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहलका लागि सक्रिय सहयोगको सदैव प्रशंसा गरेको बताए।

आगामी वर्ष चीन–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउन लागिएको छ। वाङले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले बदलिँदो अन्तरराष्ट्रिय परिदृश्यको परीक्षाको सामना गरेको र त्यसमा बलियो हुँदै गएको वाङको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation