पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १४ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुशरा बीबीलाई अदालतले भ्रष्टाचार अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ ।

राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि अर्को फैसला आएको हो।

पीटीआईका संस्थापक तथा पूर्वप्रधानमन्त्री खान र पत्नीबीबीलाई  १० वर्षसम्म कुनै पनि सार्वजनिक पदधारण गर्न अयोग्य घोषित गरिएको छ भने उहाँलाई ७८ करोड ७० लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत गरिएको छ।

गत अगष्टमा पक्राउ परेदेखि अधिकांश समय हिरासतमा राखिएको जेलभित्र भएको सुनुवाइपछि खानको सजाय लगातार वा सँगसँगै चलिरहने हो वा होइन भन्ने स्पष्ट हुन सकेको छैन।

खानका वकिल सलमान सफदरले पनि एएफपीसँग कुरा गर्दै खान र पत्नी बुशरा बीबीलाई सजाय सुनाइएको पुष्टि गरे।

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) भने न्यायिक प्रणाली भत्काइएको आरोप लगाएको छ। ‘पाकिस्तानको इतिहासमा अर्को दुःखद दिन हो’, उसले भनेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation