नवलपरासी पश्चिममा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

२१ माघ, नवलपरासी

पश्चिम  नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबरी गाउँ नजिकै पुलमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन्।

बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र बिश्वकर्मा घाइते भएका हुन्। पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

गोली प्रहारबाट घाइते विश्वकर्मालाई तत्काल स्थानीय चिसापानी अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले जानकारी दिए।

घाइते विश्वकर्माको पाखुरामा गोलि लागेको र गोलि प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको डीएसपी बोहोराले बताउनु भयो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation