दाङमा भएको सवारी दुर्घटनामा परि एकै घरका दुई दिदिबहिनीको मृत्युु

२ फागुन, दाङ 

दाङमा भएको सवारी दुर्घटनामा परेर एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ।

बुधवार दिउँसो राप्ती गाउँपालिका–८ पिपरीमा स्कार्पियोले  साइकललाई ठक्कर दिँदा साइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी ३५ बर्षिया राधा बस्नेतको घटना स्थलमा र साइकलको पछाडि बसेकी उनकी बहिनी १६ बर्षिया विपना केसीको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुधबार बेलुकी राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च १३६९ नम्बरको स्कार्पियोले पश्चिमतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation