संघीय संसद्का दुवै सदनको बैठक आज

११ फागुन, काठमाडौं

 

प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ।

बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची थियो। तर, बैठक सञ्चालनका लागि आवश्यक संख्या नपुगेपछि बैठक आजसम्मका लागि स्थगित भएको हो।

यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८० पेस गर्नेछिन्।

अर्थ मन्त्री प्रकाशशरण महतले भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज पनि बस्दैछ। बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा दिलकुमारी थापाले ‘मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानून २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्नेसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्। अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक, २०८०’ सभासमक्ष पेस गर्नेछन्।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आज सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation