थापाथली प्रसुती गृहबाट २६ दिनको बच्चा चोरी

११ फागुन,काठमाडौं

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल परिसरबाट एक बच्चा चोरी भएको छ।

काभ्रेबाट उपचारका लागि प्रसुती गृह ल्याइएको २६ दिनको बच्चा शुक्रबार बिहान करिब ११ बजे चोरी भएको हो। बच्चालाई जण्डिस भएपछि तीन दिनअघि बच्चाको आमा र सानीआमाले अस्पताल ल्याएको बताइएको छ।

सानीआमा रिपोर्ट लिन गएको र आमा बच्चालाई घाममा राखेर डाइपर फोहोरमा फाल्न जाँदा छेउमै बसिरहेकी एक अपरिचित महिलाले बच्चा उठाएर हिँडेको सिसिटिभी फुटेजमा देखिएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation