मौसम पूर्वानुमान महाशाखा: तीन प्रदेशमा आज सामान्य वर्षा र हिमपातको सम्भावना

१५ फागुन, काठमाडौं 

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation