संसद्को सुरक्षामा खटिएका ३२ प्रहरीको खोसियो जिम्मेवारी

१५ फागुन, काठमाडौँ 

प्रहरी प्रधान कार्यालयले नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेको घटनापछि ३२ जना प्रहरीको जिम्मेवारी खोसेको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरूलाई हटाएर त्यहाँ अर्को प्रहरी समूहलाई पठाइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यहाँ प्रहरीको विशेष कार्यदलका प्रहरी टोली खटाउने गरिएको छ। उनीहरुलाई जिम्मेवारीबाट फिर्ता गरी अन्य टोली खटाइसकिएको हो।

प्रधान कार्यालयले भने जिम्मेवारी हेरफेर गरेको जनाएको छ। त्यस विषयमा केही अघि गृहमन्त्रालयमा आकस्मिक सुरक्षा बैठक बसेको थियो।

गृह मन्त्रालयले उक्त विषयमा छानबिन समितिसमेत गठन गरेकाले त्यसको प्रतिवेदन नआउँदासम्म उनीहरुलाई कार्य क्षेत्रमा नखटाइने भएको छ।

-था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation