आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन

१८ फागुन, दाङ

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखी सुरु शुरु हुने भएको छ। आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसुची रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा सभामुखले  प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजनसम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि छ। यस्तै शनिबार प्रदेश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation