संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

२१ फागुन, काठमाडौं 

संघीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको बैठक १ः१७ बजे बस्ने  तय भएकोछ ।

प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९\८० पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै आर्थिक वर्ष २०८१\८२ का लागि विनियोजन सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल आरम्भ गर्ने सम्भावित कार्यसूची पनि छ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकसेवा आयोगका ६४ औँ वार्षिक प्रतिवेदन २०७९\८० सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation