मन्त्री निवास छाड्दै किराँतीले भने : हामीले रोपेको बिरुवामा कोपिला लागेको छ

अघिल्लो गठबन्धनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका सुदन किराँतीले मन्त्री निवास छाडेका छन् ।

मंगलबार मन्त्री निवासबाट बिदा भएको तस्वीर पोष्ट गर्दै किराँतीले भनेका छन्, ‘पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु ।’

उनले आफ्नी आमाको भनाइ उदृत गर्दै भनेका छन्, ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो, त्यो भन्दा गाह्रो त पूरा गर्नु हो ।’

४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको भन्दै उनले यो अवसर प्रदान गर्ने प्रधानमन्त्री प्रचण्ड, पार्टी, मतदातामा धन्यवाद ज्ञापन गरेका छन् ।

आफू र आफ्नो टिमले सकेको कोशिस गरेको भन्दै उनले भनेका छन्, ‘हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

मन्त्री पदमा बस्दा बुबाको मृत्यु भएको सन्दर्भ निकाल्दै उनले भनेका छन्, ‘मेरो राजनीतिक जीवनको हजार मृत्युहरु पटक पटक देखें र राजनीतिक मृत्युलाई मैले छल्न सकें तर प्राण लिने मृत्युलाई बुबाले छल्न सक्नु भएन ।’

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation