मोरङ किशोरी हत्या आराेपमा एक युवक पक्राउ

 

मोरङको पथरी शनिश्चरेमा बालिकाकाे हत्या गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेकाे आशंकामा माेरङकाे ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो । बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेकाे जंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।

खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमती थुलुङ राईको साेमबार राति निर्मम हत्या गरिएकाे थियाे ।

ज्ञानमती पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् ।

सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजे उनको हत्या भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation