माधव नेपाललाई भेट्न प्रचण्ड र ओली कोटेश्वरमा

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर गएका छन्।

एकीकृत समाजवादीलाई पनि नयाँ सत्ता गठबन्धनमा सामेल गराउन आग्रह गरिरहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नेपालसँग भेटेरै यसबारे कुरा गर्न लागेका हुन्। छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी छन्।

‘बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी छ। यसैक्रममा प्रधानमन्त्रीजी र ओलीजी माधव नेपालजीलाई भेट्न जानुभएको हो,’ स्रोतले भन्यो, ‘माधवजीसँग कुरा गरेपछि मात्र मन्त्रालय भागबन्डाबारे छलफल अघि बढ्छ।’

सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए।

एमाले अध्यक्ष ओलीले भने फोन गरेर गठबन्धनमा सहभागी हुन आग्रह गरेको थिए। तर नेपालले स्पष्ट जवाफ दिइसकेका छैनन्।

गठबन्धनमा सहभागी हुने या नुहने भन्नेमा छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बुधबार विहान ११ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation