त्रिशूली नदीमा खस्यो यात्रुवाहक बस , १३ जनाको जीवितै उद्धार

२३ फागुन, काठमाडौँ

कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । आज बिहान ५ बजे  बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो ।

नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २०  जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी  शैलेन्द्र थापाले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation