प्रधानमन्त्री प्रचण्ड र झलनाथबिच बालुवाटारमा भेटवार्ता

२३ फागुन, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भइरहेको बताइएको छ ।

यसअघि मंगलबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।

सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठकअघि सम्मानित नेता खनालले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation