आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र बनाउने झाँक्री पक्राउ

प्रहरीले आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने व्यक्तिलाई पक्राउ गरेको छ ।

रुपन्देहीको रोहिणी घर भई बिगत तीन बर्ष देखि बर्दघाट नगरपालिका(१४ गङाबस्ती बस्दै आएका शिव नारायण सिंह बुधबार पक्राउ परेका हुन् । तान्त्रिक र झारफुक गर्ने शिव नारायण सिंहलाई प्रहरीले सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले सिंहको घर खान तलासी गर्दा सिंहले आफ्नै मृत्यु दर्ताको सरकारी कागज बनाएको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताउनुभयाे ।

सिंहको साथबाट रोहिणी गाउँपालिका-४ को कार्यालयको रबर स्ट्याम्व, वडाध्यक्षको छाप र आफ्नै सदगद् गरेको पुर्जी र नागरिकता बरामद गरेको छ । प्रहरीले सरकारी कागजात किर्ते अभियोगमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation